|

उदयपुर : जिल्लाका ८ स्थानीय तहमध्ये ४ गाँउपालिकाको मत परिणाम सार्वजानिक भएको छ। जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार ३ तहमा नेकपा एमाले र एक वटामा नेकपा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ। 

कार्यालयका प्रमुख एक बहादुर बस्नेतका अनुसार रौतामाई गाउँपालिका, उदयपुरगढी र ताप्लिपोखरीमा एमालेका उम्मेदवारले जितेका छन्। माओबादी केन्द्रले सुनकोसी गाउँपालिकामा अध्यक्ष पद जितेको छ। 

रौतामाई गाउँपालिकामा एमाले उमेदवार गजेन्द्रबहादुर खड्काले ११८ मतको अन्तरले जित हात पारेका छन्। खड्काले २७४२ मत र प्रतिस्पर्धी माओवादी केन्द्रका वीरेन्द्र मगरलाई पराजित गरेका हुन्। मगरले २६२४ मत प्राप्त गरेका छन्। 

त्यसैगरी उपप्रमुखमा एमालेकी कुमारी राना ठकुरीले प्रतिस्पर्धीलाई ५११ मतको भारी अन्तरले हराएकी छिन्। । उनले २७७९ मत प्राप्त गरेकी हुन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी हस्तशोभा राईले २२६८ मत प्राप्त गरेकी छिन्। 

रौतामाईमा एमालेले ४ वडा, माओबादी केन्द्रले २ र कांग्रेसले १ वडा जितेको छ। एमालेकोबाट वडा नं १ मा रुद्र कार्की, २ मा खगेन्द्र रास्कोटी, ३ मा दुर्गाराज खड्का, ४ मा चन्द्र राना विजयी भएका छन्।

माओवादीको तर्फबाट वडा नं ६ मा केशव रानामगर र ७ मा उत्तरकुमार मगर विजयी भएका छन्। नेपाली कांग्रेसबाट वडा नं ८ मा टेकबहादुर मगर विजयी भएको निर्वाचन कार्यालय उदयपुरले जानकारी दिएको छ।  त्यसैगरी उदयपुरगढी गाउँपालिकामा एमालेका मानबहादुर केप्छाकी मगर १४४४ मतको भारी अन्तरले जित हात पारेका छन्। 

मगरले ४४२५ र प्रतिस्पर्धी काङग्रेसका जितबहादुर खड्कालाई एक हजार ४ सय ४४ मतान्तरले हराएका हुन्। खड्काले २९८१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा एमालेकै सानु राउत ९८८ मतको फरकले जितेकी छिन्। राउतले ४०४३ र प्रतिस्पर्धी बिमा राईले ३०५५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख बस्नेतले बताए।

ताप्लिपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका उद्धवसिंह थापा विजयी भएका छन्। प्रतिस्पर्धी स्वतन्त्र उमेदवारलाई २३ मतको झिनो अन्तरले पछि पार्दै थापा विजयी भएका हुन्। थापाले १२९१ र प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले १२६८ मत प्राप्त गरेका छन्। 

त्यसैगरी उपाध्यक्षमा एमालेकै कमलामाया राई भारी मतले विजयी भएकी छिन्। राईले १८२१ र कांग्रेसकी धना मगरले १५६३ मत प्राप्त गरेकी छिन्। सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका मेजरकुमार राई विजयी भएका छन्।

मेजरले  १३८१ र प्रतिस्पर्धी नेकपा एमालेका भलराज राईले १२८१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी रमिला राईले जित हात पारेकी छिन्। राईले १५२७ र विपक्षी एमालेकी लक्ष्मी कार्कीले १२३९ मत प्राप्त गरेकी छिन्। 

उदयपुरको जारी मतगनाणाको परिमाण अनुसार ४ नगरपालिकामा नेकपाली काङग्रेसले अग्रता लिएको छ। ८ स्थानीय तहमध्ये शनिबार दिउँसोसम्म प्राप्त मत मपरिमाण अनुसार बेलका, चौदण्डी, कटारी र त्रियुगा नगरपालिकामा काङग्रेले अग्रता लिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.