|

 पाकिस्तानी सरकारले अनधिकृत अफगान आप्रवासीहरूको निष्कासनलाई लिएर रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) आपत्ति जनाएको छ।

आरएसएफका अनुसार पाकिस्तानले यसरी देशबाट निकाला गर्दा २०० अफगान पत्रकारहरूको जीवन खतरामा रहेको बताएको छ। 

आरएसएफले  अफगान आप्रवासीहरूलाई हटाउने पाकिस्तान सरकारको निर्णयको परिणामस्वरूप गम्भीर हिंसा उत्पन्न हुने बताएको छ।

यो निष्कासन कार्यक्रम लागू भएपछि केही पत्रकारहरु डरलाग्दो अवस्थामा छन्।

समाचारका अनुसार रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले पाकिस्तानी अधिकारीहरूलाई पत्रकारहरूलाई पाकिस्तानमा बस्न अनुमति दिन र उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ। 

  देशमा बसोबास गर्ने गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्ने सम्बन्धमा आफ्नो निर्णयमा पुनर्विचार गर्न विभिन्न राष्ट्रहरूको दबाबको बाबजुद पाकिस्तान आफ्नो अडानमा कायमै छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.