काठमाडौं : तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड लागेको छ। काठमाडौंको असन‚ इन्द्रचोकलगायत क्षेत्रमा किनमेल गर्नेको भीडभाड बढेको हो।
तिहारका लागि माटाका पाला‚ रंगीविरंगी बिजुलीका बत्ती‚ भाँडाकुडाको किनमेल गरिन्छ। यस्तै‚ भाइटीकाका लागि आवश्यक ओखर‚ कटुस‚ मरमसला‚ सप्तरंगी टीका‚ माला पनि खरिद गर्नेहरू बजारमा पुगेका छन्।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिनका लागि विभिन्न उपहार किन्नेहरू पनि बजारमा पुगेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।