|

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण शनिबार पूरा हुने भएको छ। आज पाकिस्तान र इङ्ल्याण्डबीच हुने खेलसँगै सेमिफाइनल समीकरण पूरा हुने भएको हो। 

अंक तालिकामा पाकिस्तान आठ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ। आज फराकिलो अन्तरसहित इङ्ल्याण्डलाई पराजित गर्न सके उसले चौथो स्थानको न्यूजिल्याण्डलाई नेटरनरेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ। तर पाकिस्तानको सामान्य जित वा हारले न्यूजिल्याण्डकै सेमिफाइनल स्थान पक्का हुनेछ। 

इङ्ल्याण्ड र पाकिस्तानबीचको खेल दिउँसो सवा २ बजे कोलकाताको इडेन गार्डेन मैदानमा शुरु हुनेछ। आजै बिहान पौने ११ बजे हुने खेलमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने बंगलादेश सेमिफाइनल रेसबाट बाहिरिएको छ। 

यसअघि गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै अफगानिस्तान सेमिफाइनलको रेसबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा भोलि भारत र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.