|

–मिलन विश्वकर्मा

पाल्पाका १० स्थानीय तह मध्ये ९ वटाको अन्तिम परिणा आएको छ। अन्तिम परिणामा आएको १० मध्ये ६ वटामा एमाले उम्मेदवार विजयी भएका छन् भने ३ वटामा कांगरेस उम्मेदवार विजयी भएका छन्। अन्तिम परिणाम आउन बाकीँ रामपुर नगरपालिकामा भने एमालेको अग्रता कायम रहेको छ।

कुन तहमा कसको जित?

तानसेन नगरपालिकामा नेकपा एमालेको विजयी भएको छ प्रमुखमा अशोककुमार शाही १० हजार ४ सय ५० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका अजयमान कर्मचार्यले ८ हजार ६७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेकै लक्ष्मी पाठक ९ हजार ७ सय ५३ मत सहित विजयी भएकी छन्। उनका प्रतिद्वन्दी काँग्रेसकी लालकुमारी रानाले ८ हजार ३ सय ८९ मत प्राप्त गरेकी छन्।

रिब्दीकोट गाउापालिकाको अध्यक्षमा एमालेका नारायणबहादुर जिसी विजयी भएका छन्। उनले ३ हजार ८ सय ३ मत ल्याएका छन्।  उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लिलाबहादुर कार्कीले २ हजार ८ सय ४८ मत पाएका छन्। उपाध्यक्षमा पनि एमालेकै लक्ष्मी खनाल ३ हजार ८ सय ८१ मत सहित विजयी भएकी छन्। उनका प्रतिद्वन्दी काँग्रेसकी कमला छहरीले २ हजार ८ सय ९९ मत प्राप्त गरेकी छन्।

रैनादेवी छहरा गाउँपालिकामा भने नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका रामबहादुर कार्की ५ हजार १ सय ४६ मत सहित अध्यक्षमा विजयी भएका हुन। उनका प्रतिद्वन्दी एमालेका रामबहादुर राउतले ४ हजार ९ सय ४३ मत प्राप्त गरेका छन्। भने उपाध्यक्षमा पनि काँग्रेसकै चित्रकुमारी थापा (चेतना) ५ हजार ३ सय २० मत सहित विजयी भएकी छन्। उनका प्रतिद्वन्दी एमालेकी गोमा रास्कोटी बगालेले ४ हजार ७ सय ७२ मत प्राप्त गरेकी छन्।

बगनासकालि गाउँपालीकामा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले जितेका छन्।  अध्यक्षमा काँग्रेसका कृष्णप्रसाद बश्याल ५ हजार ५ सय ९४ मत ल्याएर विजयी भएका हुन। उनका प्रतिद्वन्दी एमालेका देवीप्रसाद बश्यालले ५ हजार ३ सय ४६ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेकपा एमालेकी सरस्वती चिदी ५ हजार ५ सय ५५ मत सहित विजयी भएकी छन्। उनका प्रतिद्वन्दी काँग्रेस माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका कृष्णप्रसाद भुसालको पक्षमा ४ हजार ५६ मत प्राप्त भएको छ।

माथागढीमा काँग्रेस, रम्भादेवीमा एमाले, पूर्वखोलामा एमाले, तिनाउनमा एमाले, निस्दी गाउँपालिकामा एमालेको विजयी भएको छ। यो सँगै एमालेले एक नगर, ५ गाउँपालिका र काँग्रेसले ३ गाउँपालिकामा विजयी हाँसिल गरेको मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले जानकारी दिए। रामपुर नगरपालिकाको मतणना जारी छ। आईतबार रातीसम्म नतिजा आउने खनालको भनाई छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.