|

सोलुखुम्बु : नेचा सल्यान गाउँपालिकाको अध्यक्षमा एमालेका डुफकुमार बास्तोला विजयी भएका छन्। बास्तोलाले एक हजार ६९८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कांग्रेसका धनजन राईले एक हजार ६५६ मत ल्याए।

कांग्रेससकी कुमारी घिमिरे दुई हजार दुई मतसहित उपाध्यक्ष विजयी भइन्।

योसँगै एमालेले सोलुखुम्बु जिल्लाको चार स्थानीय तह खुम्बुपासाङ्ग ल्हामु, सोताङ, दूधकोसी तथा नेचा सल्यान गाउँपालिकामा जित दर्ता गराएको छ। माओवादी केन्द्रले लिखुपिके तथा महाकुलुङ र कांग्रेसले सोलुदूधकुण्ड नगरपालिकामा जितेको छ।

अब दूधकौशिका गाउँपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ। दूधकौशिका गाउँपालिका प्रमुखमा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । उपप्रमुखमा एमाले अग्रस्थानमा देखिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.