|

संखुवासभा : गएराति आगलागी भएर घर जलेर नष्ट भएकी संखुवासभा खाँदबारी नगरपालिका–१ हिमालय टोलकी लीला राईलाई विभिन्न संघ संस्थाबाट आर्थिक तथा विभिन्न सामग्री सहयोग प्राप्त हुन थालेको छ। गएराति साढे ११ बजे लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ की राईको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो।

खाँदबारी नगरपालिकाले सोमबार खाद्यान्य लत्ताकपडालगायत विभिन्न सामग्री सहयोग गरेको छ। पीडित राईलाई चामल, भाँडाकुँडा, ग्यास‚ लत्ताकपडालगायत सामग्री राहतस्वरुप सहयोग गरेको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माणकुमार कार्कीले जानकारी दिए।

पीडित राईलाई कार्यपालिका बैठक बसेर घर निर्माणका लागि थप सहयोग गर्ने प्रशासकिय अधिकृत कार्कीले बताए। उनलाई हिमालय टोल विकास संस्थाले राहतस्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेको टोल विकास संस्थाका अध्यक्ष हरि श्रेष्ठले बताए।

आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न र नगद ३१ हजार रुपैयाँ पनि जलेको नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

शुभबिहानी नमस्ते क्लबले नगद १० हजार रुपैयाँ सहयोग गरेको छ। आगलागीबाट राईको घर परिसरमा पार्किङ गरी राखिएको एउटा अटो (टेम्पो) मा पनि आगोले क्षति भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.