|

कालिकोट : अछामको मंगलसेन नगरपालिकामा नेकपा एमालेका पदम बोहरा प्रमुख पदमा विजयी भएका छन्। बोहरा माओवादी कांग्रेसको गठबन्धनका उम्मेदवार कांग्रेसका चन्द्रप्रसाद ढुङ्गानालाई पराजय गर्दै ४ हजार ६ सय ९१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रप्रसाद ढुंगानाले ४ हजार ५ सय ५३ मत ल्याएका थिए।

उपप्रमुखमा एमालेकै सरिता उपाध्यायले ४ हजार ९ सय ११ मत ल्याएर विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रोहिना भण्डारीले ३ हजार ६७ मत ल्याएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.