|

काठमाडौं :  यहाँका  विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि सजाउन थालिएको छ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरुका जलाशय सजाउन थालिएको हो।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ। कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए। उनले हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यसपटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए।

त्यस्तै गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए। उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिवारसम्म सकिने बताए।

उनले भने, ‘छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौँ। अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ। २० प्रतिशत काम शनिवारसम्म सकिन्छ। कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ। आर्थिक मन्दीले अलि कमी हुने आँकलन गरेका छौँ। तर रसिद काट्नेहरु हेर्दा भरिन्छ जस्तो छ।’

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.