|
प्रतीकात्मक तस्विर

काठमाडौं : धनगढीमा विद्युत सट भई आगलागी हुँदा एक अस्पतालसहित आठ पसलमा क्षति भएको छ। 

गएराति १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत सट भई आगलागी हुँदा एक अस्पतालसहित आठ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। 

अहिले विभिन्न पालीकाका चार दमकलसहितको टोलीले आगो निभाइरहेको चन्दले बताए। आगलागिबाट भण्डारी पसलसँगै जोडिएका अन्य सात पसल र सारथी अस्पतालमा क्षति पुगेको हो। आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.