|

सुर्खेत : चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका –२ का हुकुम बहादुर पुनकी एक महिनाकी छोरी निरुताको मृत्यु भएको हो। 

पूर्ववडाध्यक्ष कालीबहादुर वलिका अनुसार तीन दिन अघि बिरामी परेकी निरुतालाइ उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। 

निमोनिया भएकी उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका  सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए। 

चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन । चिसोकै कारण ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.