|

सोलुखुम्बु : आठ स्थानीय तहमध्ये चार तहमा एमाले, ३ तहमा माओवादी केन्द्र र एक तहमा नेपाली कांग्रेसले जित हासिल गरेका छन्। आइतबार सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेले खुम्बु पासाङ ल्हमु गाउँपालिकामा क्लिन स्विप गरेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासाङल्हमु गाउँपालिका अध्यक्षमा ङिमदोर्जी शेर्पा र उपाध्यक्षमा टासी ल्हमु शेर्पा विजयी भएका छन्। 

दुधकोसी गाउँपालिका अध्यक्षमा एमालकै बुद्धिकिरण राई र उपाध्यक्षमा जुनिता मगर विजयी भएका छन्। सोताङ गाउँपालिकाका अध्यक्षमा एमालेका वीरबहादुर, उपाध्यक्षमा लक्षमी बस्नेत विजयी भएका छन्।

नेचा सल्यान गाउँपालिका अध्यक्षमा एमालेका जिल्ला उपाअध्यक्ष समेत रहेका डुफकुमार बाँस्तोला विजयी भएका छन्। उपाध्यक्षमा नेपाली का्रग्रेसकी कुमारी घिमिरे विजयी भएकी छिन्। 

सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नाम्गेल जाङ्बु शेर्पा र उपप्रमुखमा एमाले नेतृ कल्पना राई विजयी भएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार नेकपा माओवादी केन्द्रले ३ स्थानीय तहमा विजयी हासिल गरेको छ।  

लिखुपिके गाउँपालिकाको अध्यक्षमा माओवादीका डम्बर बहादुर बस्नेत र उपाध्यक्षमा प्रमिला बस्नेत विजयी भएका छन्। दुधकौसीका गाउँपालिकाको अध्यक्षमा माओवादीका असीम राई र उपाध्यक्षमा नेपाली कांग्रेसकी सविना राई विजयी भएका छन्।

महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादीका सागर किराँती र उपाध्यक्षमा नेपाली कांग्रेसकी विपना कुलुङ विजयी भएका छन्।  ६१ हजार ७४६ मतदता रहेको यस जिल्लामा ४१ हजार १६७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.