|

पोखरा: अविरल बर्षासँगै गएको पहिरोले पोखरामा दुई जनाको ज्यान गएको छ।

पहिरोमा परी पोखरा- १९ अकलाकी ३२ वर्षकी शोभा पौडेल र पोखरा १८ का १४ वर्षका टंक क्षेत्रीको ज्यान गएको हो।

पोखरा लेखनाथ महानगरपालिका- १९ अकलामा पहिरोले घर नजिकै रहेको ब्लकले बनेको भान्साघर बगाउँदा पौडेलको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

यसैगरी पहिरोले पोखरा लेखनाथ महानगरपालिका प्रस्याङ पाखामा तारापति अधिकारीको घर बगाउँदा १४ वर्षका टंक क्षेत्रीको मृत्यु भएको हो। पहिरोले स्थानीय १० घर जोखिममा परेका छन्।

अविरल वर्षासँगै पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिँदा ठूलो ताल बनेको छ। रामघाट थुनिएपछि नदी किनारमा बस्ने करिव ५० परिवार जोखिममा परेका छन्। वर्षाले पोखराको छोरेपाटनमा जमिन भासिने क्रम जारी रहेको छ। दामोदर खोलामा पानीको बहाव बढेपछि दामोदर कुनाका १५ भन्दा बढी घर डुवानमा परेका छन्।

उता, पोखराको फुस्रेखोला तर्ने क्रममा बगेर एक वृद्धा बेपत्ता भएकी छन्। शनिबार साँझ खोला तर्ने क्रममा पर्वत तिलाहार- ६ की ६५ वर्षकी लीला लामिछानेलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.