१० मध्ये ५ तहमा कांग्रेस विजयी

|

कालिकोट : स्थानीय तहको निर्वाचनमा अछाममा मिश्रित परिणाम आएको छ। २०७० सालमा भएको संविधान सभा निर्वाचनमा अछामका दुबै  निर्वाचन क्षेत्र एमालेले जितेको भए पनि स्थानीय तहको निर्वाचनमा भने ऊ खुम्चिएको छ। कतिपय स्थानीय तहमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको कांग्रेस फाइदामा गएको छ।  

चार नगरपालिकासहित १० वटा स्थानीय तह रहेको अछाममा नेपाली कांग्रेसले दुई नगरपालिकासहित ५ तह जितेको छ। नेकपा एमालेले दुई नगरपालिकामा प्रमुख र एउटा गाउँपालिकामा अध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्द्रले दुई गाउँपालिकामा अध्यक्ष जितेको छ।

स्थानीय तहका मुख्य दुई पद (प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष) मा विजयी २० जनप्रतिनिधिमध्ये ११ जना कांग्रेसबाट, ५ जना एमालेबाट र ४ जना माओवादी केन्द्रबाट छन्।

अछामको मंगलसेन नगरपालिकासहित दुई गाउँपालिकामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो। तर मंगलसेनमा कांग्रेस माओवादी केन्द्र गठबन्धनलाई एमालेले असफल बनाइदिएको छ। उता मल्लेख गाउँपालिका र बान्नीगढी जयगढगाउँपालिकामा भने कांग्रेस माओवादी केन्द्र गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

नगरपालिकाको मतपरिणाम

साँफेबगर नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुख।

जिल्लाका ४ नगरपालिकामध्ये २ वटामा कांग्रेसले प्रमुख र उपप्रमुख जितेको छ भने २ वटामा एमालेले प्रमुख उपप्रमुख जितेको छ।

कमलाबजार नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कांग्रेस उम्मेदवार ओमप्रकाश विष्ट र भूमि ढकाल बजगाई निर्वाचित भए।

पञ्चदेवल विनायक नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवारहरू विजयी भए। कांग्रेसका उम्मेदवार देवराज देवकोटा प्रमुख निर्वाचित भए भने अम्बिकाकुमारी चलाउने ३९६० उप्रमुख निर्वाचित भइन्।

यस्तै मंगलसेन नगरपालिकामा एमालेकै उम्मेदवार पदमबहादुर बोहरा प्रमुख र सरिता उपाध्याय उपप्रमुख निर्वाचित भए।

सबैभन्दा ढिला मतपरिणाम आएको जिल्लाको साँफेबगर नगरपालिकामा पनि एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख निर्वाचित भएका छन्। साँफेबगरमा एमालेका कुलबहादुर कुँवर प्रमुख र उपप्रमुखमा विर्मला बुढाथापा विजयी भए।

गाउँपालिकाको नतिजा


ढकारी गाउँपालिका (कांग्रेस)

अध्यक्ष- धनबहादुर बुढा र उपाध्यक्ष- लक्ष्मी साउद


तुर्माखाँद गाउँपालिका (कांग्रेस)

अध्यक्ष- पुष्पराज शर्मा र उपाध्यक्ष- अमृतादेवी बुढा


रामारोशन गाउँपालिका (माओवादी केन्द्र)

अध्यक्ष- झंकरबहादुर साउद र उपाध्यक्ष- सरस्वती रावल


जहाँ मिश्रित परिणाम आयो

जिल्लाका तीन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फरक फरक दलका उम्मेदवारले जितेका छन्। यी मध्ये बान्नीगढी जयगढ र मल्लेखमा कांग्रेस माओवादी केन्द्रको चुनावी तालमेल थियो। 


चौरपाटी गाउँपालिका

अध्यक्ष- हर्कबहादुर साउद (एमाले) र उपाध्यक्ष- माया बहिक (कांग्रेस)


बान्नीगढ़ी जयगढ़ गाउँपालिका

अध्यक्ष - राजेन्द्रबहादुर खड्का (कांग्रेस) र उपाध्यक्ष- लोकबहादुर साउद (माओवादी केन्द्र)


मेल्लेख गाउँपालिका

अध्यक्ष- लोकबहादुर बोहरा (माओवादी केन्द्र) र उपाध्यक्ष धनबहादुर शाही (कांग्रेस)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.