|

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिकामा कामबाट निकालिएपछि करारका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

कामबाट हटाइपछि करारका कर्मचारीले सोमबार चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोश श्रेष्ठको कार्यकक्षमा तालाबान्दी गरेका हुन्।

लोकसेवा आयोगबाट स्थायी कर्मचारी आएपछि करार सेवाका कर्मचारी हटाइएको चैनपुर नगरपालिका नगर प्रमुख कृष्ण कुमार तामाङले जानकारी दिए। स्थायी कर्मचारी आएपछि नगरपालिकाले करार सेवामा कार्यरत प्राविधिक होम नारायण सापकोटा, मधुकर राई र किरण राईलाई हटाएको थियो। उनीहरुले पुनर्वहालीको माग राख्दै प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा तालाबन्दी गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा तालाबन्दी गरेर करारका कर्मचारी आन्दोलित बनेपछि काम कारबाही प्रभावित बनेको छ।

काम कारबाही प्रभावित भएपछि सबै पक्षसँग समन्वय गरेर ताला खुलाउन पहल भइरहेको नगरपालिकाले जनाएको छ। उनीहरुले विभिन्न ५ बुँदे माग राख्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.