|

गुल्मी : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारी र तस्करहरूलाई बढावा दिएको आरोप लगाएका छन्।

देशमा रहेका उद्योगधन्दा बन्द हुँदै गएको बताउँदै ओलीले वर्तमान सरकारले काम गर्ला र जनताका समस्या बुझ्ला भन्नेमा शंका उत्पन्न भएको उनको भनाइ छ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा गुल्मीको वामीमा भएको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिले देशको आर्थिक अवस्था संकटमा रहेको र वर्तमान सरकारले पार लगाउन नसक्ने बताए।

पछिल्लो समयमा देशको अर्थतन्त्र ध्वस्त भएको र कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्था आएको बताउँदै ओलीले अर्थतन्त्र सुधार गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाए।

यस अभियानले जनतामा थप उत्साह पैदा भएको बताउँदै ओलीले जनताको समस्या बुझ्न र पार्टीका भावी योजना निर्माण गर्नमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे। आफूले यस अभियानमा जनताका समस्या र पार्टीप्रति जनताका सुझाव संकलन गरेको बताउँदै ओलीले जनताको आशा र भरोसा नै एमाले भएको पुष्टि गरेको दाबी गरे।

सरकारले जाजरकोट र रुकुमका भूकम्पपीडितहरूको व्यवस्थापन गर्न नसकेको उनले बताए। अभियानका क्रममा आफूले भूकम्पपीडितहरूको अवस्था देख्दा दुःख लागेर आएको भन्दै उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.