|

काठमाडौं : सिरहामा ट्याक्टर दुर्घटना हुँदा काका-भतिजाको मृत्यु भएको छ। 

औरही गाउँपालिका २ गागन खोलामा भएको दुर्घटनामा ट्याक्टर चालक स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनका भतिजा ७ वर्षीय चन्दन यादवको मृत्यु भएको हो।

सुरेन्द्रको अस्पतालमा उपचारका क्रममा र चन्दनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

उनका अनुसार स १ त ७४५८ नम्बरको ट्याक्टर शुक्रबार साँझ गागन खोलाको बाँधबाट तल खसेको थियो। मृतक दुवैको शव पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पतालमा राखिएको छ। 

ट्याक्टरमै सवार अर्का ५ वर्षी रञ्जन यादव भने सामान्य घाइते भएका छन्। उनी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेको डिएसपी पाण्डेले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.