|

दाङ :  शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाकी रमिता परियारले आफ्नो बुबाको किरिया गरेकी छन्। मङसिर १८ गते  बुबाको मृत्यु भएपछि घरकी कान्छी छोरी रमिताले बुबाको किरिया गरेकी हुन्।  उनका ५ वटा दिदी र एक जना दाजु रहेका छन्। तर, दिदीहरू सबैको विवाह भएको र दाजु विदेशमा हुँदा आफूले बुबाको किरिया गरेको उनको भनाइ छ।

उनले भनिन्,‘बुबाले पनि हामीलाई छोराछोरी दुवै बराबर हुन भन्नुहुन्थ्यो। त्यो भएर पनि मैले किरिया गरेको हुँ। घरमा दादा नभएर के भयो त? म पढेलेखेको मान्छे हुँ। त्यो भएर नै मैले आफ्ना बुबाको किरिया गरेँ।’

उनका अनुसार घरको आर्थिक स्थितिका कारण दाजु विदेश गएको र बुबाको मृत्यु भएपछि समयमा आउन सकेनन्। जसले गर्दा पनि आफूले नै किरिया गर्नुपर्छ भन्ने लागेको उनको भनाइ छ।

उनका दाजु अहिले साउदी अरबमा रहेका छन्। अधिकांश युवाहरू बाध्यताले विदेशिएका छन्। अहिलेको अवस्थामा घरमा कुनै व्यक्तिको मृत्यु भएपछि बाहिरबाट मान्छे खोजेर शव उठाउनु पर्ने अवस्था रहेको उनले बताइन्।

छोरी मान्छेले बुवा आमाको  काज किरिया गर्नु हुन्न भन्ने मान्यता भत्किँदै गएको स्थानीयहरूको भनाइ छ।   उनका बुवा विजयराम दमाइको ब्रेन ट्युमरका कारण उपचारको क्रममा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.