|

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिकापछि ठूलो कटारी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन्। कटारी नगरपालिकामा निर्वाचित नगर प्रमुख, उपप्रमुखलगायत ७२ जना जनप्रतिनिधिले मंगलबार दिउँसो शपथ लिएका हुन्।

नगर पदमा नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठ काजी र उपप्रमुख  भीमकुमारी राउतलगायत निर्वाचित ७२ प्रतिनिधिलले  कटारीका निर्वाचन अधिकृत गुरुप्रसाद वाग्लेसँग शपथ लिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। निर्वाचन अधिकृत वाग्लेले शपथ खुवाउँदै निर्वाचितिलाई प्रमाण पत्र वितरण गरेको बताए।

‘शपथ खुवाउँदै सार्वजनिक पदभार ग्रहण गरेपछि जनताको लोकप्रिय हुन अनुरोध गरेको छु,’ उनले भने, ‘स्वार्थ पूरा गर्न लागे निर्वाचित जनप्रतिनिधिलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरकारी निकायले निगरानी गर्ने बारेमा सचेत गराएको छु।’

एमालेले कटारी नगरपालिका प्रमुख तथा उपप्रमुखसहित ४ वडामा जित हासिल गरेर अहिले विजय जुलुस गरिरहेको छ। १४ वटा वडाहरुमा १ वठा स्वतन्त्र उम्मेदवारले जितेका छन्। नेकपा माओवादी केन्द्रले ३ वडा अध्यक्ष जितेको छ। यसैगरी, नेपाली कांग्रेसले ६ वटा वडामा जितेको निर्वाचन कार्यालय उदयपुरले जानकारी दिएको छ।

कटारी नपामा कुन वडामा कुन पार्टी?

वडा नम्बर १ ,एमालेका नवराज पोखरेल

वडा नम्बर २ कांग्रेसका प्रेम थापा

वडा नम्बर ३ कांग्रेसका राम पोखरेल

वडा नम्बर ४ एमालेका कृष्णराज दनुवार

वडा नम्बर ५ स्वतन्त्रबाट शंकर राई

वडा नम्बर ६ कांग्रेसका पूर्ण बहादुर मगर

वडा नम्बर ७ कांग्रेसका धन कुमार दनुवार

बडा नम्बर ८ माओवादी केन्द्रका कमल श्रेष्ठ

वडा नम्बर ९ एमालेका वेग बहादुर आले

वडा नम्बर १० कांग्रेसका लीलाप्रसाद भट्टराई

वडा नम्बर ११ माओवादी केन्द्रका दीपक बुढाक्षेत्री

वडा नम्बर १२ काङग्रेसका चन्द्रदीप पौड्याल

वडा नम्बर १३ माओवादी केन्द्रका नेत्रबहादुर श्रेष्ठ

वडा नम्बर १४ एमालेका तेज बहादुर आले

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.