|

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका ३ तल्लो थाप्लेको एक घरमा खाना पकाउने (एलपिजी) ग्यास लिग हुँदा आगलागी भई एक नाबालकसहित चारजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा त्रिवेणी नलगाड नगरपालिका ४ की  २१ वर्षीयाकी बन्दना पन्त,  ४८ वर्षीया हिरालाल पन्त, ३ वर्षीया नाबालक रोशन सिंह र भेरी नगरपालिका ३ का ४० वर्षीया बाग्यश्वरी डाँगी रहेका छन्।

घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल जाजरकोटका निमित्त कार्यालय प्रमुख डाक्टर चाँदनी जयसवालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.