|

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ। 

जारी लिगमा धनगढी पाँच खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा छ। साविक विजेता काठमाडौं पाँच खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ। 

धनगढी काठमाडौंसँग पहिलो सिजनको उपाधि भिडन्तमा हारेको बदला लिन र शीर्ष स्थानको अंक दूरी बढाउने लक्ष्यसहित मैदान उत्रिँदैछ। काठमाडौं रेजर्स धनगढीलाई पराजित गर्दै अंक बराबरी गर्ने लक्ष्यमा छ। 

हाल ६ खेलबाट ११ अंकसहित पोखरा थण्डर्स दोस्रो र समान ६ खेलबाट १० अंकसहित ललितपुर एफसी तेस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.