|

काठमाडौं : हेमराज बिसी निर्देशित फिल्म 'ग्याङ्गस्टर ब्लुज' को ट्रेलर सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक्सन, लभ र रोमान्सलाई देखाइएको छ। आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी र रोजिशा शाही ठकुरी, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।

निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको फिल्म 'ग्याङ्गस्टार ब्लुज'को ट्रेलर हेर्दा पनि ग्याङ्गस्टार नै लाग्छ। भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मले प्रचार प्रसारलाई पनि विशेष ध्यान दिइरहेको छ। शैलेन्द्र डि कार्कीले खिचेको फिल्मलाई बेनिश शाहले सम्पादन गरेका हुन्। फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत छ।

हेर्नुहोस् यस्तो छ ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.