|

दमक :  झापामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ। 

आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथानका ५७ वर्षीय नुनुवा टुडुको आज बिहान थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नं को ट्याक्टरबाट टुडूले बिहान ५ बजेतिर थ्रेसर लगाएका थिए।  थ्रेसरमा परेर टुडुको मृत्यु भएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थ्रेसर तथा ट्र्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.