|
फाइल फोटो

जलेश्वर : महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलकाती बिरुवा फँडानी गरेको हो। बहेडाको वनमा लुकाएर गाँजाखेती गरिएको भन्ने  सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो।

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.