|

संखुवासभा : साम्राज्यवादी शक्तिले अहिलेको राजनीतिक व्यवस्था मास्न देशमा हस्तक्षेप बढाएको आरोप नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले लगाएका छन्।

फरक प्रसंगमा नेता बस्नेतले सहकारीको रकम घोटाला गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले छानबिन गर्नुपर्ने माग पनि गरे। रास्वपा सभापति लामिछानेले बिना लगानी १५ प्रतिशत सेयर लिनु गैरकानुनी भएको उनको भनाइ थियो।

प्रेस चौतारी नेपाल संखुवासभाले शुक्रवार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले साम्राज्यवादी शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेको बताए।

राष्ट्रिय युवा संघ संखुवासभाको अधिवेशन उद्घाटनका क्रममा बिहीवार संखुवासभा आइपुगेका नेता बस्नेतले विदेशी शक्तिले नेपालमा अस्थिरता ल्याउन विभिन्न हर्कत गरेको आरोप लगाए।

नेता बस्नेतले कोशी प्रदेशमा पहिचानका नाममा द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाए। ​मधेशकेन्द्रित भएका शक्ति पछिल्लो समय कोशी प्रदेशमा भित्रिएको उनको टिप्पणी थियो। पहिचानका नाममा देशी विदेशी शक्तिले द्वन्द्व सिर्जना गर्न खोजेको भन्दै त्यसतर्फ एमाले सचेत रहेको बताए। 

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले एक वर्षभित्र ७ लाख युवालाई सदस्यता वितरण गरिने बताए।

जनताका जनजीविका र जनसरोकारका विषय केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। मिसन २०८४ का लागि १६ देखि २४ वर्षका युवाहरु परिचालन गर्ने अध्यक्ष थेवेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.