|

काठमाडौं : 'कुटुमा कुटु सुपारी दाना' गीतबाट चौतर्फी प्रशंसा बटुलेको फिल्म '२ रुपैयाँ' को नयाँ क्लब गीत 'टल्क्यो जवानी' सार्वजनिक भएको छ। क्लब गीतका रूपमा निर्माण गरिएको यो गीतमा फिल्मका प्रमुख कलकारहरू आशिफ शाह र निश्‍चल बस्‍नेतका साथै मिस तामाङ २०१२ सुमी मोक्तान फिचरिङ छन्।

यो गीतमा आशिफ शाह, निश्चल बस्‍नेत र मीना निरौलाले स्वर दिएका छन्। गीतका संगीतकार रोशन थापा हुन्। हरि हुमागाईँले खिचेको भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। भिडियोको नृत्यनिर्देशन कविराज गहतराजले गरेका हुन्। भदौ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई असिम शाहले निर्देशन गरेका हु्न्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.