|

दाङ : लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ। नेतृत्व चयनका लागि पुस १७ गते मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको हो।

सभामुख तुलाराम घर्तीको अध्यक्षतामा पुस २ गते बसेको कार्यव्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको थियो तर प्रदेशसभाले जारी गरेको सूचनामा सभामुखको निर्देशनअनुसार निर्वाचन स्थगित गरिएको उल्लेख छ।​

प्रदेशसभाले गत असार ३० गते ६ वटा विषयगत समितिका सदस्यहरू चयन गरे पनि समितिका सभापति चयन नहुँदा समिति कामविहीन छन्। अहिलेसम्म ६ वटा विषयगत समितिमध्ये तीनवटा समितिको मात्र बैठक बसेको छ।

प्रदेशमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.