|

घोराही : घोराही-तुलसीपुर सडकखण्डको दुधरासमा यात्रुवाहक बसले स्कुलका विद्यार्थीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। दाङको तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको हो।

सोमवार दिउँसो ४ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नं. को बसको ठक्करबाट दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

तुलसीपुर-१७ घर भएका बालक स्कुलबाट घर फर्किने क्रममा स्कुलअगाडि बसको बायाँ चक्कामुनि परेका थिए। अहिले घोराही-तुलसीपर सडकखण्ड अवरुद्ध भएको छ।

विद्यार्थी अभिभावकहरुले नाराबाजी गर्दै ठक्कर दिने बसका साथै प्रहरीको भ्यानसमेत तोडफोड गरेका छन्। प्रदर्शनमा उत्रिएका उनीहरुले सडक अवरुद्ध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.