|

कालिकोट : अत्याधिक वर्षाका कारणले मुगुको ताल्चा विमानस्थल ४ दिनदेखि अबरुद्ध भएको छ। वर्षा कारणले विमानस्थलको सेवा अबरुद्ध भएको हो।
४ दिनदेखिको लगातार वर्षातका कारण सुर्खेत नेपालगञ्जदेखि जहाज उडान नहुँदा तराई झर्ने यात्रु र नेपालगञ्जदेखि मुगुतर्फ आउने यात्रु विमानस्थलमै अलपत्र परेको पत्रकार कविराज कार्कीले बताए।

‘४ दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।’ उनले भने,–‘वर्षाका कारणले हवाई सेवा अवरुद्ध छ।’ दैनिक ४ देखि ६ भन्दा बढी हवाई उडान हुने ताल्चा विमानस्थल वर्षाका कारण चार दिनदेखि सुनसान भएको र यात्रुहरु अलपत्र परेको कार्कीले बताए।

‘वर्षातले हवाई सेवा अबरुद्ध भएको कारणले विमानस्थलमा यात्रु अलपत्र परेका छन्,’ उनले भने,‘सुर्खेत नेपालगञ्ज उपचारको निम्ति लैजान लागेका बिरामी पनि अलपत्र परेका छन्।’ मुगुमा लामो समयपछि ठूलो वर्षा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.