|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई एकतावद्ध बनाएर लैजान राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। पूर्वराजा शाहले पूर्खाहरुले जोगाएर राखेको देशलाई एकताको सुत्रमा बाँधेर अघि बढाउने जिम्मेवारी राजनीतिक दलहरुको भएको पनि बताए।

शुक्रबार आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर निर्मल निवासमा आयोजित कार्यक्रममा उनले संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै पूर्खाहरुले आर्जेको मुलुक जोगाएर राख्ने दायित्व सबै देशबासीको भएको पनि उल्लेख गरे।

पूर्व राजा शाहले पूर्खाले जोडेको र जोगाएको देश सदा संरक्षित होस्, सदा समृद्धिको बाटोमा अघि बढोस् भन्ने नै आफ्नो मूल चाहना र कामना भएको पनि बताए।

हेर्नुस् फोटोहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.