|

बझाङ : नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले एमाले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ।

आज (बुधवार) पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सदस्य एवं बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरले जानकारी दिए।

जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छान्ने र कार्यक्रम व्यवस्थापनको तयारी गर्नेगरी अधिवेशनको मिति तोकिएको हो।

आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.