|

संखुवासभा : संखुवासभाको मंगलादेवी माध्यमिक विद्यालय तीन पोखरीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ। 

गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले खाँदबारी नगरपालिका–७ स्थित तीन पोखरीमा रहेको मंगलादेवी माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोषको स्थापना भएको हो।

समाजसेवी स्वर्गीय ल्याप्टेन चिमबहादुर राई र पत्नी जयमाया राईको स्मृतिमा कोष स्थापना गरिएको हो। 

चिमबहादुर र जयमाया दम्पतिका दुई छोराहरू अजितकुमार राई र दिपबहादुर राईले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउन पाँच लाखको कोष स्थापना गरेका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.