|

डडेल्धुरा : कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शनिबार विहान घोषित मत परिणाम अनुसार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड १४३२४ मत ल्याएर विजयी भए। उ

नका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११५२७ मत ल्याए। मकै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका हमालले मतगणनाको मध्यतिर कांग्रेस उम्मेदवारलाई पछि पारे पनि अन्तिमसम्म आफ्नो अग्रता जोगाउन सकेनन्। अन्तमा कांग्रेस उम्मेदवार वडले २८०७ मतले पछि पार्दै नगर प्रमुखमा निर्वाचित भए। 

प्रमुख पदमा नै उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका रामसमझ रानाले १०२०९ मत ल्याए भने एमालेका दुर्गाप्रसाद जोशीले ९९४६ मत पाए।

उपप्रमुखमा नेपाली कांग्रेसकै सुशीला मिश्र भट्ट निर्वाचित भएकी छन्। उनले १७४०८ मत पाइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२७६३ र नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले १०२५२ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.