'मेलम्ची आयोजना एउटा दुहुनो गाई'

|
फाइल तस्बिर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले व्यक्तिगत कीर्तिमान कायम गर्न पटक-पटक मेलम्ची खानेपानीको उद्‍घाटन गरिएको बताएका छन्। 

सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै उनले मेलम्ची आयोजना एउटा दुहुनो गाई जस्तो भएको पनि बताए। 

‘मेलम्ची खानेपानी आयोजनाको नाममा अर्बौँका गाडी किनिएका थिए, ’उनले भनेका छन्, ‘एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना, व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्‍घाटन गर्ने कुप्रथाको सुरूवात भयो।’ 

त्यसकै सिलसिलाको नयाँ संस्करणको उद्‍घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पनि भएको उनले बताए।

‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्‍घाटनको विश्वकीर्तिमान कायम गरेर,’उनले भनेका छन्, ‘कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीसँगै आउने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो।’

उनले लेखेका छन्, 'मेलम्चीमा राज्यको अर्बौँ लगानीमात्र जोखिमपूर्ण बनाइएन, काठमाडौँबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरिएको छ।'
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.