|

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ। लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आइतबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र बैंकको छ। ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्यलाई सघाउने लक्ष्य मौद्रिक नीतिले लिएको छ।

बैंक तथा वित्तीय संस्थालाई बाध्यकारी मर्जर नीति अबलम्बन गर्ने नीति छ। २०७४ असार मसान्तभित्र न्यूनतम चुक्तापुँजी पूरा नगर्ने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश, बोनस सेयर र शाखा विस्तारमा रोक लगाउने नीति राखिएको छ।

नीतिले व्यक्तिगत घर कर्जाको सीमा १ करोडबाट १ करोड ५० लाख पुर्‍याइएको छ। सवारी कर्जामा बैंकहरूले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने भएका छन्। यसअघि यो सीमा ५० प्रतिशत थियो।

पढ्नुस् मौद्रिक नीतिको पूर्ण पाठक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.