|

संखुवासभा : पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रले गति लिइसकेको बताए। प्रेस युनियन संखुवासभाले आइतबार खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले अर्थतन्त्र लयमा फर्किसकेको दाबी गरेका छन्।

विश्वभर कोरोनापछि तहसनहस भएको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गरेको र  वर्तमान सत्ता गठबन्धन सरकारले अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता कार्कीले बताए।

अर्थतन्त्रका सूचकहरू सकारात्मक भएकाले यसलाई गतिदिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अर्थतन्त्रलाई अग्रसर गरिरहेको उनको भनाइ छ।

एमसिसी नेपाललाई प्राप्त भएको सहायता हो,  उनले भने ५ वर्षमा सम्पन्न गर्नुपर्छ, बिद्युतको क्षेत्रमा एमसिसी कोशे ढुंगा सावित हुनेछ। व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने कार्कीले बताए।

संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउँदै उनले सबैभन्दा पहिला जिल्लाबासीले लाभ लिनुपर्ने पनि बताए।

फरक प्रसंगमा कांग्रेस नेता कार्कीले संविधान जारी गर्न र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कृष्णप्रसाद सिटौलाले खेलेको महत्वपूर्ण भूमिकालाई हेरेर राष्ट्रियसभाको उम्मेदवार बनाइएको उनको तर्क थियो।

सत्यनिरूपण तथा बेपत्ता आयोग लगायतका कामहरू बाँकी नै छ। राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा गठबन्धनमा उमेद्वार विजयी हुने पनि दाबी गरे। सत्ता गठबन्धनले १९ वटा नै सिटमा उम्मेदवारी दिएको र सबै सिटमा सहज रूपमा जित्ने दाबी नेता कार्कीले गरे।

गठबन्धनले कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पादेवी कार्की राष्ट्रियसभाको लागि अनुभवी र योग्य उम्मेदवार बनाएको उनले बताए। राष्ट्रियसभा निर्वाचनको सन्दर्भलाई लिएर नेता कार्की कार्यकर्ताहरूसँग भेटघाट गर्न कोशी प्रदेशका विभिन्न जिल्ला सोलुखम्बु, खोटाङ, भोजपुर हुँदै हिजो बेलुकी संखुवासभा आइपुगेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.