बागमतीसँग कर्णाली ७ विकेटले पराजित, सुदूरपश्चिम र मधेशको खेल जारी

|
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ : सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै नेपाल पुलिस प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।

आज (सोमवार) भएको खेलमा एपिएफलाई ५८ रनले पराजित गर्दै पुलिस ८ अंकसहित अंकतालिकाको शीर्षमा उक्लिएको हो। 

जितका लागि पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको एपिएफ ३४ ओभरमा अलआउट हुँदै ८७ रनमै समेटियो। एपिएफका लागि सन्दिप जोराले सर्वाधिक २५ रन,अमर रौतेलाले ३२ रन र प्रज्वल शाहीले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि भैरहवामा भएको खेलमा टस हारेर ब्याटिङ थालेको पुलिस ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १४५ रनमा समेटिएको थियो।

आजै भएको अर्को खेलमा कर्णाली प्रदेशमाथि ७ विकेटको शानदार जित निकाल्दै बागमती दोस्रो स्थानमा पुगेको छ। जितका लागि कर्णालीले दिएको ७९ रनको झिनो लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेटमात्र गुमाएर भेट्टायो। 

बागमतीको जितमा इशान पाण्डेले सर्वाधिक ४० रन तथा रबिन जोशीले १६ रन जोडे।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णालीले २४ ओभर २ बलमा अलआउट हुँदै ७८ रनमात्र बनाउन सक्यो।

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन तथा निश्चल रावलले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा रिजन ढकालले सर्वाधिक ५ विकेट लिए। 

शीर्ष स्थानको पुलिस र बागमतीको ८/८ अंक भए पनि रनरेटका आधारमा बागमती दोस्रो स्थानमा कायम भएको हो।

कीर्तिपुरमा जारी अर्को खेलमा अहिले सुदूरपश्चिम प्रदेशले जितका लागि मधेश प्रदेशले दिएको ३२० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ।

खेलका केही झलकः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.