|

दाङ : लुम्बिनी प्रदेशमा बिहीवार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि दुई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत २  सिटका लागि प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र २१८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३०५ जना मतदाता रहेका छन्।

अन्यतर्फ एकजना र महिलातर्फ एकजना गरी २  सिटका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। गठबन्धनका तर्फबाट महिला कोटामा नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा‚ एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरीले प्रतिस्पर्धा गर्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.