|

काठमाडौं : राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महङ्गा मोटर सरकारी कार्यालयमा थन्किएका छन्। विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन गाडी हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन्।

अन्य सवारी सधान भने मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा भए पनि त्यसतर्फ चासो देखिँदैन। बरु, नयाँ सवारी खरिदमा ध्यान गएको पाइन्छ। अहिले राष्ट्रपतिको सवारी चलाउन राष्ट्रपति कार्यालयले सरकारसँग नयाँ गाडी किन्न प्रस्ताव गरेको विषयलाई एउटा उदाहरणका रुपा लिन सकिन्छ।

रक्षा मन्त्रालयले १६ करोड रुपैयाँको नयाँ गाडी किन्ने राष्ट्रपति कार्यालयको प्रस्तावमाथि मूल्याङ्कन गरिरहेको छ। गतसाता राष्ट्रपति कार्यालयले रक्षा मन्त्रालयलाई पत्र लेख्दै नयाँ गाडी किन्न १२ करोड रुपैयाँ थप्न प्रस्ताव गरेको हो। जबकि यसअघि नै सरकारले ४ करोड रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.