|

काठमाडौँ : ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको उक्त पुस्तक लोकार्पण गरेकी हुन्।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषय समावेश गरिएको लेखक सानीमैया खड्काले जानकारी दिइन्। २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसद्का २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.