|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालय बिस्तार गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको सचिवालय बिस्तार गरेको हो।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरेको छ। स्वीटजरल्यान्डका लागि पूर्व राजदूत भट्टराई पूर्व प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकार थिए।

यस्तै प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन्। १५ वर्षदेखि पत्रकारितामा रहेका परियारले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

परियारले अमेरिकाको ओहायो विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेका छन्। उनले थम्सन फाउन्डेसनबाट अन्तर्राष्ट्रिय खोज पत्रकारिता अवार्ड प्राप्त गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.