|

काठमाडौं : संघीय संसदको महासचिव  नियुक्त पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। 

बिहान सवा १० बजे सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा शपथ ग्रहण गराउने संसदका प्रवक्ता एकराम गिरीले जनाकारी दिए। ​मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए।​ ​

मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए। तर, दोहोरो नागरिकतासम्बन्धी विवाद आएपछि पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो। राष्ट्रपति कार्यालयले समेत पाण्डेयको नागरिकताको विवादबारे उल्लेख गर्दै नियुक्तिमा ढिलाइ गरिरहेको थियो।

त्यसपछि माघ ३ मा नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पुन राष्ट्रपतिसमक्ष स्मरणपत्र पठाएका थिए। 

पाण्डेय सिफारिस हुँदा संसद्को सचिव पदमै कार्यरत भएको भन्दै महासचिव नियुक्त गर्न नमिल्ने अडान राष्ट्रपति कार्यालयले राखेको थियो। तर पाण्डेयले सचिवबाट राजीनामा दिएपछि उनलाई महासचिवमा नियुक्त गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.