|

रुकुम : रुकुमको पुथा उत्तरगंगा गाउँपालिका ७ की दलित महिला सदस्यको हत्या भएको छ। वडा नम्बर ६ जाङकी नवनिवार्चित दलित महिला सदस्य २७ वर्षीय बयानसरी कामीको हत्या भएको हो। घरेलु हतियार प्रयोग गरी हत्या गरेको आरोपमा उनकै श्रीमान् ३८ वर्षीय टेक बहादुर कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रवक्ता प्रहरी निरीक्षक थमन रजाँलीका अनुसार घरायसी झगडाको विषयलाई लिएर श्रीमानबाटै श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको जानकारी दिए। उनका अनुसार मृतक बयानसरी गर्भवतीसमेत रहेको जानकारी आएको भए पनि पोष्टमाटम रिपोर्टपछि थप जानकारी आउने छ।

 ‘परिवारका अन्य सदस्यको उजुरीका आधारमा अहिले श्रीमान् पक्राउ गरी प्रहरी नियन्त्रणमा छन्, हत्याको विषयमा प्रकृयागत तरिकाले हामी अनुसन्धान गर्दै छौं’ उनले भने, ‘श्रीमान्-श्रीमती बिचको घरायसी विवादमा हत्या भएको हुनसक्छ, श्रीमान् टेक बहादुरमा पनि मानसिक समस्या पहिलेदेखि नै रहेको बुझिन आएको छ।’

बयानसरी असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पुथा उत्तरगंगा गाउँपालिका ७ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.