|

काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक प्रहार गरेका छन्। 

बिस्फोटक ब्याटिङ गरेका साहले १९ बलमा ५०  रन बनाएका हुन्। उनले ७ चौका र ३ छक्का प्रहार गरे। लगत्तै उनी इश्वरजोत सोहीको एलबीडब्लु धरापमा परे र आउट भए। 

आसिफ शेख १० रन बनाएर आउट भएका छन्।

अनिलको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका खेलाडीले सर्वाधिक छिटो बनाएको अर्धशतक हो ।  यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमै आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.