|

जुम्ला : जुम्ला सदरमुकाममा रहेको महिला विकास कार्यालयनजिक राखिएको ना.२.ख ४६०२ नं. को मिनी ट्रकमाथि मंगलबार बिहान आगजनी गरिएको छ। अपरिचित व्यक्तिहरुको एक समूहले आगजनी गरेको स्थानीयवासीले बताएका छन्। आगलागी भएको देखेर स्थानीयहरुले आगो निभाएका थिए। ट्रक्रममा बिहान पौने १२ बजे पेट्रोल छर्केर चालक बस्ने क्याबिनमा आगजनी गरिएको प्रहरीले जनाएको छ। होहल्ला भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

घटना कसले गरेको भन्ने एकिन नभएको प्रहरीले जनाएको छ। तर त्यसको खोजी अनुसन्धान गर्न थालिएको प्रहरीले जनाएको छ। मंगलबार नेकपा माओवादी विप्लव समूहको बन्दका कारण जुम्लामा गाडीलगायत बजार ठप्प बन्द भएका छन्। जसको प्रभाव सबैभन्दा कर्णाली प्राविधिक शिक्षालय जुम्लामा फारम भर्ने विद्यार्थीलाई परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.