|
प्रतीकात्मक तस्विर

जलेश्वर :  वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले  हलो र गोरुको पूजा गरेका छन्।

यहाँका किसानले वसन्तपञ्चमीलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्छन्। गोरुलाई नुहाई आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित पूजा गर्ने चलन छ।  

जलेश्वर नगरपालिका–८ का किसान आशनारायण मण्डलले हलो र गोरुको पूजा गरिसकेपछि खेतमा लगेर एकछिन खेतबारी जोत्ने चलन रहेको जानकारी दिए। 

यसै दिदन हलो-कोदालो तथा हँसिया र खुर्पासहित कृषि औजार धारिलो पार्ने र एकछिन प्रयोगमा ल्याउने चलन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.