|

ललितपुर : ​पत्रकार अर्चना झाले मैथिली भाषामा लेखेको ‘अर्चनाकृत रामायण’ सार्वजनिक भएको छ । 

नेपालमा पहिलोपटक गद्यमा लेखिएको मैथिली रामायणको विमोचन कांग्रेसका नेता विमलेन्द्र निधिले बुधबार गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँस्थित मामाघर अनाथलय आश्रममा गरे। 

नेपाली र संस्कृत भाषामा रहेको रामायणलाई मैथिली भाषामा लेख्न पाउनु गौरवको विषय भएको लेखक झाले बताइन्।

‘रामायण ज्ञानको महासागर हो’, उनले भनिन्  ‘मैले त्यो महासागर मन्थन नगरी ’वाल्मीकी रामायण’ र ’रामचरितमानस’ ग्रन्थलाई आधार मानेर  संक्षेपमा मैथिली भाषामा सम्पूर्ण रामायण लेखेकी हुँ।’  

करिब ६४ हजार शब्द र ३०० पेजकोयो पुस्तक लेख्न  चार वर्ष लागेको उनले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.