|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (बिहीवार) दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अंकले घटेर २ हजार ६२ दशमलव शून्य ३ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ७१ अंकले ओरालो लागेर ३६८ दशमलव ५६ मा सीमित भएको छ। 

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

कुल १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको शेयर कारोबार भयो। 

सगरमाथा जलविद्युत् कम्पनी ११ करोड ५९ लाख ६५ हजार ६२१ रुपैयाँ, जोशी हाइड्रोपावर १० करोड ७५ लाख ५८ हजार २८३ रुपैयाँ, एनआइसी एशिया बैंक ८ करोड ७० लाख २३ हजार १८० रुपैयाँ र हिमालयन ऊर्जा विकास कम्पनी ८ करोड ५७ लाख ५१ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

छ्याङदी हाइड्रोपावर ८ दशमलव शून्य १, जोशी हाइड्रोपावर ७ दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ३४ प्रतिशतले कमाएका छन्।

मैलुङ खोला जलविद्युत् कम्पनी ५ दशमलव ७०, प्रोगेसिभ फाइनान्स ५ दशमलव ५८, माहुली लघुवित्त ५ दशमलव ४२, रिभर फल्स पावर ५ दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४ दशमलव ९३ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.