|

चितवन : कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ। देशभरिका ६ महानगरभन्दा भरतपुर उत्कृष्ट भएको हो। 

प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ६ मध्ये भरतपुर महानगरलाई उत्कृष्ट घोषणा गरेको हो। गत आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनको आधारमा भरतपुर पहिलो भएको हो।

संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेरनगरेको, राजस्वको विभाजन गरेरनगरेको लगायत सूचकमा मूल्यांकन गर्ने गरेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए ।

असार १० भित्र बजेट ल्याएरनल्याएको, असार ३०  भित्र बजेट पास गरेरनगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरूपमा दिएरनदिएकोलगायत आधारमा मूल्याङ्कन गरिन्छ।

आयोग संवैधानिक निकाय हो । संघीयतामा संघ, प्रदेश र स्थानीय तहहरूको राजस्व बाँडफाँट, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ। 

स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरू तयार गरेर मूल्याङ्कन गर्छ। आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६.२९ प्रतिशत अङ्क प्राप्त गरेको अर्यालले बताए ।

काठमाडौं महानगरपालिकाले ३९.०२, वीरगञ्ज महानगरपालिकाले ३३.४९, विराटनगर महानगरपालिकाले ३२.८५, ललितपुर महानगरपालिकाले २५ .१८ र पोखरा महानगरपालिकाले २०.७४ प्रतिशत अंक पाएका छन् ।

जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ। भरतपुरले ५६ दशमलव २९ प्रतिशत अंक पाउँदा इच्छाकामना गाउँपालिकाले ४२.०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४०.५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४०.०१ प्रतिशत, कालिका नगरपालिकाले ३५.६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१.७५ प्रतिशत र माडी नगरपालिकाले २६.२० प्रतिशत अंक पाएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिकाभन्दा अगाडि रहेको बताइन् । 

गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा उनले खुशी व्यक्त गरिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.