|

इजरायली घेराबन्दी र बमबारीको चपेटामा रहेको गाजापट्टीमा युद्धविराम गर्ने विषयमा कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी भएको छ।

हालै भएको पेरिस बैठकका विषयलाई निरन्तरता दिँदै दोहा र कायरो छलफल इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र इजरायलका विशेषज्ञहरूको सहभागितामा वार्ताको तयारी गरेका हुन्। वार्तामा हमास आन्दोलनको एक प्रतिनिधिमण्डल पनि सहभागी हुने इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै अल काहेरा समाचारले जनाएको छ। 

दोहा र कायरोमा भएको वार्ताले प्यालेस्टिनी कैदी र इजरायली बन्धकआदानप्रदानका साथै गाजामा युद्धविराम गर्ने सहमति निकट पुग्ने बताइएको छ।

हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा घातक आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण  तीव्र पारेको छ। आक्रमणमा करिब १ हजार २०० इजरायलीहरू मारिएका छन् भने २०० जनाभन्दा बढीलाई बन्धक बनाइएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार त्यसयता इजरायली सेनाले गरेको आक्रमणमा २९ हजार ६९२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ८७९ जना घाइते भएका छन्।

इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरायल र हमासबीच एक हप्ता लामो युद्धविराम मध्यस्थता गरेको  थियो। युद्धविराममा प्यालेस्टिनी कैदी र इजरायली बन्धक आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.